महालक्ष्मी विकास बैंकका सीईओ देवकोटाले दिए राजीनामा

२०८० पुस २९ गते

महालक्ष्मी विकास बैंकका सीईओ देवकोटाले दिए राजीनामा

काठमाडौं । महालक्ष्मी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सिईओ) बोधराज देवकोटाले राजीनामा दिएका छन् ।देवकोटाले केही साताअघि बैंकको सञ्चालक समिति समक्ष राजीनामा पेश गरेका हुन् ।

माघ १ गतेबाट लागु हुने गरि उनले तीन हप्ताअघि पेश गरेको राजीनामा सञ्चालक समितिले स्वीकृत गरेको छ ।देवकोटा महालक्ष्मी विकास बैंकमा सिइओ भएपछि विभिन्न सूचकहरुमा उल्लेख्य सुधार भएको थियो ।

Advertisement:

Ad
Ad

देवकोटाले २०७७ साल चैत २ गतेबाट महालक्ष्मी विकास बैंकमा प्रमुख कार्यकारी अधिकृतको भूमिकामा आवद्ध भएका थिए । त्यसअघि उनी सिटिजन्स बैंकका डेपुटि सिइओ थिए ।काठमाडौं विश्वविद्यालयबाट व्यवस्थापनमा एमफिल गरेका देवकोटासँग अढाइ दशकको बैंकिङ अनुभव छ ।