लुम्बिनी विकास बैंकको लाभांश घोषणा

२०८० मंसिर २६ गते

लुम्बिनी विकास बैंकको लाभांश घोषणा

काठमाडौँ । लुम्बिनी विकास बैंकले लाभांश वितरण गर्ने घोषणा गरेको छ ।  मङ्सिर २६ गते बसेको बैंकको संचालक समितिको बैठकले लाभांश वितरण गर्ने प्रस्ताव अघि सारेको हो।

कम्पनीले आर्थिक वर्ष ७९/८० को मुनाफाबाट कुल ८.५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । जस अनुसार कम्पनीले चुक्ता पूँजीको ४ प्रतिशत बोनस शेयर र  ४.५० प्रतिशत नगद लाभांश लगानीकर्तालाई दिनेछ । हाल कम्पनीको चुक्ता पुंजी ३ अर्ब ३८ करोड २८ लाख २१ हजार रहेको छ ।

Advertisement:

Ad
Ad