कोटेश्वर भाटभटेनी लुटेराहरुलाई भाटा हानेर भाइरल भएका गार्ड २२ वर्षदेखि भाटभटेनीलाई नै सुरक्षा दिइरहेका छन्

२०८१ चैत १७ गते

कोटेश्वर भाटभटेनी लुटेराहरुलाई भाटा हानेर भाइरल भएका गार्ड २२ वर्षदेखि भाटभटेनीलाई नै सुरक्षा दिइरहेका छन्

काठमाडौ । शुक्रबार राजावादीको आन्दोलनका कारण विभिन्न ठाउँमा हिंसात्मक गतिविधि भयो । कोटेश्वरको भाटभटेनीमा पनि आन्दोलनकारीहरुले तोडफोड गरेका थिए भने भाटभटेनीको सामानहरु पनि चोरेर लगेको दृश्य सामाजिक सञ्जालमा भाइरल बन्यो ।

लुटेराहरुलाई एक एक गर्दै भाटा हानेर भाटभटेनीकै सुरक्षा गार्डले लखेटेको दृश्यले यतिबेला सामाजिक सञ्जालमा व्यापक चर्चा भइरहेको छ । कतिपयले सुरक्षा दिन बसेको व्यक्ति ती गार्ड जतिकै भए के चाहियो र भन्दै उनको कामको प्रशंसा गरेका छन् । को हुन त ती व्यक्ति भनेर बाणिज्यपोष्टले खोतल्ने प्रयास गरेको छ । ती गार्ड सिन्धुपाल्चोक घर भएका कृष्ण पराजुली हुन ।

Advertisement:

Ad
Ad

सधैको जस्तै उक्त दिन पनि उनी बिहानैदेखि ड्यूटीमा खटिएको सुनाउँछन् । एक्कासी भिडले भाटभटेनीमा लुटपाट मच्चाउन थालेपछि आफु हेरेर बस्न नसकेको उनले बताए । उनी भन्छन, 'सुरक्षा दिन बसेको छु त्यत्रो लुटपाट भएको छ हेरेर त बस्नु भएन नी । असनि जे होला होला भनेर लुटेरालाइए एक एक गरेर भाटा हानेर लखेटे ।' पराजुली विगत २२ वर्ष देखिनै भाटभटेनीमा गार्डको रुपमा काम गरिरहेको बताउँछन् ।