२०८१ असार ३१ गते
काठमाडौं । नवनियुक्त स्वास्थ्यमन्त्री प्रदीप पौडेलले आफूले देखिने गरी काम नगर्दासम्म फूलमाला खादा नलगाउने बताएका छन् । सपथ ग्रहणपछि मन्त्रालयमा हाजिर गर्न पुगेका मन्त्री पौडेलले कर्मचारीले स्वागत गर्ने क्रममा खादा माला लगाउन अस्विकार गर्दै यस्तो बताएका हुन् ।
नेपाली कांग्रेसका युवा नेता पौडेल पहिलो पटक सरकारमा गएका हुन् । उनी काठमाडौं ५ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद हुन् । उनले स्वास्थ्य मन्त्रालयमा रहेर काम गरेर देखाउन नसकेसम्म कतैपनि माला र खादा नलगाउने घोषणा गरेका छन् ।
प्रतिक्रिया