कपिलबस्तु बस दुर्घटना : ज्यान गुमाउनेको संख्या १० पुग्यो

२०८० फागुन ०३ गते

कपिलबस्तु बस दुर्घटना : ज्यान गुमाउनेको संख्या १० पुग्यो

कपिलबस्तु बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १० पुगेको छ । दुर्घटनामा हालसम्म १० जनाको मृत्यु पुष्टि भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी उपरीक्षक ९एसपी० नवरत्न पौडेलले जानकारी दिए । उनका अनुसार मृतकको सनाखत भइसकेको छैन ।

कञ्चनपुरको महेन्द्रनगरबाट काठमाडौं जाँदै गरेको सुप ०२–००१ ख ००९८ नम्बरको बस पूर्वपश्चिम राजमार्गअन्तर्गत कपिलवस्तु शिवराज नगरपालिका(१ सुरइना खोलामा गएराति दुर्घटना भएको थियो । दुर्घटनामा २९ जना घाइते भएका छन् । तीमध्ये नौ जनालाई बुटवल ‘रिफर’ गरिएको छ । अन्यको सञ्जीवनी र आधारभूत अस्पतालमा उपचार भइरहेको छ ।

Advertisement:

Ad
Ad

तीब्र गतिका कारण बस दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ ।