काम गर्न सक्नेलाई मात्र मन्त्री बनाउने एमालेको निर्णय

२०८१ असार २६ गते

काम गर्न सक्नेलाई मात्र मन्त्री बनाउने एमालेको निर्णय

काठमाडौं । नेकपा एमालेले परिणाम दिन सक्ने व्यक्तिलाई मात्र सरकारमा पठाउने निश्कर्ष निकालेको छ । बुधबार बसेको एमालेको सचिवालय बैठकले सरकारको काम प्रभावकारी बनाउन परिणाम दिन सक्ने व्यक्तिलाई सरकारमा पठाउने नीतिगत निश्कर्ष निकालेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

२८ असारमा प्रतिनिधिसभामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका विश्वासको मत मागेपछि सरकार गठन प्रक्रिया अघि बढ्ने उनले बताए । नेपाली कांग्रेस र नेकपा एमालेबीच एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन गर्ने सहमति भइसकेको छ ।

Advertisement:

Ad
Ad

एमाले उपमहासचिव ज्ञवालीका अनुसार कांग्रेस र एमालेले बराबरीको हैसियतमा नै सरकार सञ्चालन गर्नेछन् । सरकारमा सहभागी हुन चाहने दललाई संसदमा रहेको उक्त दलको हैसियत अनुसार स्थान दिन सकिने उनले बताए ।