२०८० पुस ०८ गते
काठमाडौं । कालिका पावर कम्पनीले आफ्ना शेयरधनिलाई लाभांश दिने घोषणा गरेको छ । कम्पनीको पौष ६ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७९/८० को मुनाफा बाट लाभांश दिने निर्णय गरेको हो । कम्पनीले सेयरधनीलाई हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्नेछ ।
कम्पनीले बार्षिक साधारण सभाको लागि मिति २०८०/०९/२८ गते को दिन तोकेको छ । यसका साथै कम्पनीले पौष १८ गते बुक-क्लोज गर्ने निर्णय गरेको छ ।
प्रतिक्रिया