२०८१ वैशाख २३ गते
काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले ६४ हजार ७३ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । कम्पनीले यस अघि विद्यमान संस्थापक शेयरधनीहरूमा मात्र विक्री खुला गर्दा वितरण हुन नसकेको यी शेयर दोस्रो चरणमा सर्वसाधारणले समेत खरीद गर्न पाउने गरी विक्रीमा ल्याएको हो ।
इच्छुक खरीदकर्ताहरूले आगामी १५ दिनभित्र यी शेयर खरीदका लागि आवेदन पेश गर्न सक्नेछन् । आवेदन कम्पनीको केन्द्रिय कार्यालय गैडाकोट नवलपरासीमा पेश गर्नुपर्ने जानकारी कम्पनीले दिएको छ । यी शेयरको मूल्य प्रचलित नियमानुसार संस्थापक शेयर खरीदविक्री सञ्चालक समितिले निर्णय गरे अनुसार हुनेछ ।
प्रतिक्रिया