हृदयघातका कारण सिटिजन्स बैंकका डेपुटी सीइओ पारश काफ्लेको निधन

२०८१ जेठ २२ गते

हृदयघातका कारण सिटिजन्स बैंकका डेपुटी सीइओ पारश काफ्लेको निधन

काठमाडौं । सिटिजन्स बैंकका डेपुटी सीइओ पारश काफ्लेको निधन भएको छ । हृदयघातका कारण ५० वर्षिय काफ्लेको निधन भएको हो ।

बैंकिंग सम्बन्धी कार्यक्रममा सहभागी हुन श्रीलंका पुगेका काफ्लेको जेठ २० गते हृदयघाते निधन भएको हो । हृदयघात भएपछि उनलाई नावालोका अस्पताल पुर्याइएको थियो । अस्पतालले उनलाई मृत घोषणा गरेको सिटिजन्स बैंकका एक उच्च अधिकाीले जानकारी दिए।

Advertisement:

Ad
Ad

बैंकिंग फाइनान्स एण्ड इन्योरेन्सको कार्यक्रममा सहभागी हुन सिटिजन्स बैंकका उच्च व्यवस्थापन श्रीलंका गएका थिए ।

तीन दशक लामो बैंकिंग गरियर भएका काफ्ले ट्रेड फाइनान्स, क्रेडिट अपरेशन, ब्राञ्च म्यानेजमेन्ट, रिलेशनसिप म्यानेजमेन्ट, अपरेशनल रिस्क म्यानेजमेन्ट एन्ड कम्प्लाइन्समा दख्खल मानिन्थे ।