हिमालयन रि इन्स्योरेन्सको आईपीओमा आवेदन दिने समय थप

२०८० पुस ०१ गते

हिमालयन रि इन्स्योरेन्सको आईपीओमा आवेदन दिने समय थप

काठमाडौं ।  हिमालयन रि इन्स्योरेन्स लिमिटेडको जारी शेयर संख्या भन्दा माग कम भएपछी आईपीओमा आवेदन दिने समय थप गरेको छ। मंसिर २७ गतेदेखि कम्पनीको शेयर सर्वसाधारणका लागि निष्काशन तथा बिक्री खुला गरिएको थियो । कम्पनीको आईपीओ निष्काशन ढिलोमा पुस ११ गते बन्द हुनेछ।

Advertisement:

Ad
Ad

आवश्यक संख्यामा आवेदन प्राप्त भएपश्चात सो सम्बन्धी सार्वजनिक सूचना प्रकाशन गरी निष्काशन खुल्ला भएको ४ कार्यदिनपश्चात कुनै पनि दिन निष्काशन बन्द गरिने कम्पनीले जनाएको छ।

कम्पनीले दश अर्ब रुपैयाँ जारी पूँजीको ३० प्रतिशतले हुन आउने तीन अर्ब रुपैयाँ बराबरको तीन करोड कित्ता शेयर जारी गर्ने अनुमति पाएको थियो। कम्पनीले प्रतिशेयर अंकित १०० रुपैयाँमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रति कित्ता २०६ रुपैयाँका दरले हुन आउने ६ अर्ब १८ करोड रुपैयाँको शेयर निष्काशनमा ल्याएको हो।