२०८३ कात्तिक ०१ गते
काठमाडौं । दशैं बिदाका कारण बिरामीले उपचारबाट वञ्चित हुन नपरोस् भन्दै सरकारले दशै विदामा पनि अस्पताल बन्द नगर्न निर्देशन दिएको छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले देशभरका संघीय सरकारी अस्पताललाई अत्यावश्यक स्वास्थ्य सेवा निरन्तर सञ्चालन गर्न निर्देशन दिएको हो ।
मन्त्रालयले आकस्मिक उपचार, शल्यक्रिया, प्रसूति तथा सघन उपचार सेवा बिदाको समयमा पनि नियमित राख्न आवश्यक जनशक्ति र स्रोतसाधनको व्यवस्था गर्न भनेको छ । मन्त्रालयले प्रदेशका स्वास्थ्य हेर्ने मन्त्रालय र सबै संघीय सरकारी अस्पताललाई बिदाको अवधिमा स्वास्थ्य सेवा प्रभावित हुन नदिन आवश्यक तयारी गर्न आग्रह गरेको छ ।
अस्पताल पूर्ण रूपमा बन्द नगर्न र बिरामीको उपचारमा अत्यावश्यक सेवा कुनै पनि अवस्थामा रोकिन नदिन निर्देशन दिइएको छ ।
प्रतिक्रिया