हाथवे इन्भेष्टमेन्टले गर्यो बोनस घोषणा, कति पाउँदै छन् लगानीकर्ताले ?

२०८१ भदौ २८ गते

हाथवे इन्भेष्टमेन्टले गर्यो बोनस घोषणा, कति पाउँदै छन् लगानीकर्ताले ?

काठमाडौँ।  हाथवे इन्भेष्टमेन्ट नेपाल अर्थात् HATHY ले गत आर्थिक वर्ष ८०/८१ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई वितरण गर्ने बोनस घोषणा गरेको छ।

Advertisement:

Ad
Ad

कम्पनीको २७ गते बसेको संचालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको १०.५२६ प्रतिशत बोनस तथा नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। जस मध्य १० प्रतिशतका दरले बोनस शेयर र कर प्रयोजनार्थ ०.५२६ प्रतिशत नगद लाभांश रहनेछ।

यस वर्ष आयोजना हुने वार्षिक साधारण सभाले उक्त प्रस्ताव पारित गरेपछि सो दरमा लाभांश वितरण गरिनेछ।