गृहमन्त्री श्रेष्ठलाई पाँच दिन अस्पतालमै राखिने,आगन्तुकलाई भेटघाट बन्द

२०८० मंसिर २० गते

गृहमन्त्री श्रेष्ठलाई पाँच दिन अस्पतालमै राखिने,आगन्तुकलाई भेटघाट बन्द

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई पाँच दिनसम्म अस्पतालमै राखिने भएको छ । मुटुमा समस्या देखिएपछि गएराति गंगालाल राष्ट्रिय हृदय केन्द्र, बाँसबारीमा भर्ना भएका उनलाई तीनदेखि पाँच दिनसम्म अस्पतालमै राखिने चिकित्सकहरूले बताएका छन् ।

हाल उनलाई सघन उपचार कक्ष(आईसीयू)मा राखिएको छ । स्वास्थ्य अवस्था सामान्य एवम् स्थिर रहेको उनको सचिवालयले जनाएको छ ।श्रेष्ठको एन्जियोप्लास्टी सर्जरी गरिएको छ । डा.अरुण मास्केसहितको चिकित्सक टोलीले केही राति नै एन्जियोप्लास्टी सर्जरी गरेको हो ।

Advertisement:

Ad
Ad

चिकित्सकको सल्लाह बमोजिम श्रेष्ठसँग भेटघाटका लागि आगन्तुकलाई बन्द गरिएको छ ।