एनसेल शेयर बिक्री सम्वन्धमा सोधपुछका लागि प्रधानमन्त्रीलाई बोलाइने

२०८० मंसिर २२ गते

एनसेल शेयर बिक्री सम्वन्धमा सोधपुछका लागि प्रधानमन्त्रीलाई बोलाइने

काठमाडौँ । शुक्रबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकले एनसेलको शेयर बिक्री प्रकरणमा प्रधानमन्त्रीलाई बोलाउने निर्णय गरेको छ । समितिले एनसेल बिक्री प्रकरणबारे विभिन्न टीका टीप्पणी र दवाव बढेसँगै जानकारी लिन प्रचण्डलाई बोलाउने भएको हो ।

शुक्रबार बसेको समितिको बैठकले एनसेल बिक्री र त्यस विषयमा सरकारले चालेका कदमबारे प्रधानमन्त्रीबाट जानकारी लिने भएको छ ।

Advertisement:

Ad
Ad

एनसेलको सेयर खरिद बिक्रीको विषय शंकास्पद रहेको भन्दै सांसदहरुले प्रधानमन्त्री बोलाउनुपर्ने बताएका थिए ।बैठकमा कांग्रेस महामन्त्री गगन थापाले राजनीतिक र प्रशासनिक नेतृत्वको साँठगाँठबिना एनसेल खरिद बिक्री यो रुपमा गर्न सम्भव नभएको बताएका थिए ।