एनसेल खरिदबिक्रीमा लेखा समितिको चासो,दुरसञ्चार प्रकधिकरणलाई लेखा समितिको ९ प्रश्‍न

२०८० मंसिर १८ गते

एनसेल खरिदबिक्रीमा लेखा समितिको चासो,दुरसञ्चार प्रकधिकरणलाई लेखा समितिको ९ प्रश्‍न

काठमाडौं। प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले एनसेलको सेयर बिक्री तथा स्वामित्व हस्तान्तरणबारे दूरसञ्चार प्राधिकरणलाई पत्र लेखेको छ। विभिन्न ९ प्रश्न सोधेर आन्तरिक राजश्व विभाग, कम्पनी रजिष्टारको कार्यालय र प्राधिकरणलाई समितिले पत्र आइतबार पठाएको हो।

स्वामित्व हस्तान्तरण भएको सन्दर्भमा कम्पनीले सरकारलाई तिर्नुपर्ने कर के हुन्छ? भन्दै समितिले प्रश्न गरेको छ। खरिद बिक्रीअघि प्राधिकरणलाई जानकारी गराउनु पर्ने र नपर्ने विषयमा पनि समितिले चासो दिएको छ।

Advertisement:

Ad
Ad

एनसेलको ८० प्रतिशत सेयर व्यवसायी सतिशलाल आचार्यको स्पेक्ट्रलाइट कम्पनीले मंसिर १५ गते खरिद गरेको थियो। खरिद बिक्रीबारे सार्वजनिक रुपमा प्रश्न उठ्न थालेपछि समितिले पनि विषय प्रवेश गराएको हो।खरिद अनुमति नलिएमा हुने कारबाहीबारे पनि समितिले प्रश्न गरेको छ।

‘दुरसञ्चार प्राधिकरणको अनुमति वा स्वीकृति प्राप्त गर्नुपर्ने कानुनी प्रावधान यस सन्दर्भमा पूरा भएको छ वा छैन ? उल्लिखित परिपालना नभएको अवस्थामा कानुन बमोजिम के कारबाही हुन्छ ?,’ समितिको पत्रमा उल्लेख छ।

६ वर्षपछि कानुन बमोजिम एनसेल नेपाल सरकारको नाममा आउने सुनिश्चित भएको अवस्थामा अहिलेको कारोवारलाई स्वीकृत गर्ने नगर्नेबारे पनि समितिले प्रश्न गरेको छ।