एनआईसी एशियाको म्युचुअल फण्डमा आवेदन दिने आज अन्तिम दिन

२०८० मंसिर १८ गते

एनआईसी एशियाको म्युचुअल फण्डमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं। एनआईसी एशिया क्यापिटलले बिक्रीमा ल्याएको म्युचुअल फण्डमा आवेदन दिने आज मङ्सिर १८ गते अन्तिम दिन रहेको छ। क्यापिटलले मङ्सिर ४ गते सोमबारबाट एनआईसी एशिया ग्रोथ फण्ड २ नामक सामुहिक लगानी कोष योजनाको इकाईहरु बिक्री खुला गरेको हो ।

क्यापिटलले एनआईसी एशिया म्युचुअल फण्ड अन्तर्गत संचालन हुने एनआईसी एशिया ग्रोथ फण्ड २ नामक बन्दमुखी म्युचुअल फण्ड योजनाको इकाई निष्काशन गरेको हो । यस योजनाको आकार १ अर्ब रहेको छ । क्यापिटल प्रति इकाई १० रुपैयाँको दरले फण्डको १० करोड इकाई निष्काशन गर्न लागेको हो । जस मध्ये १ करोड ५० लाख इकाई कोष प्रबर्दक एनआइसी एशिया बैंकलाई छुट्याईएको छ। बाँकि रहेको ८ करोड ५० लाख इकाईको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् ।

Advertisement:

Ad
Ad

आवेदन दिंदा न्युनतम १०० कित्ता र अधिकतम १ करोड कित्ताको लागि दिन सकिने छ । यस म्युचुअल फण्डको अवधि ७ वर्ष रहेको छ ।

हाल क्यापिटलले एनआईसी एशिया ब्यालेन्स फण्ड, एनआईसी एशिया फ्लेक्सी क्याप फण्ड, एनआईसी एशिया ग्रोथ फण्ड, एनआईसी एशिया सेलेक्ट ३० फण्ड, र एनआईसी एशिया डाइनामिक डेट फण्ड योजना संचालन गरिरहेको छ । जस मध्ये एनआईसी एशिया डाइनामिक डेट फण्ड खुलामुखी योजना हो।