एकै सातामा दोस्रो पटक कुमारी बैंकले घटायो ब्याजदर

२०८० मंसिर २९ गते

एकै सातामा दोस्रो पटक कुमारी बैंकले घटायो ब्याजदर

काठमाडौं। यहि सातामै दोस्रो पटक कुमारी बैंक लिमिटेडले निक्षेप ब्याजदर घटाएको छ । बैंकले मौद्रिक नीतिको समीक्षा सार्वजनिक भएको भोलिपल्टनै  ब्याजदर घटाएको थियो। सो ब्याजदर शनिवार बाट नै लागु भएको थियो ।

बैंकले फेरी आज शुक्रबार निक्षेपको ब्याजदर घटाएको छ जुन ब्याजदर पुस १ गतेबाट मात्र लागु हुनेछ ।

Advertisement:

Ad
Ad

बैंकको सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार बैंकले ५ वर्षभन्दा माथिको निक्षेपको ब्याज अधिकतम ९.३१ प्रतिशत ब्याज दिने छ। एक वर्षसम्मको ब्याज ७.७५ प्रतिशत तोकिएको छ। संस्थागत तर्फ एक वर्षसम्मको ब्याज ६.७५ प्रतिशत तथा १ वर्ष भन्दा बढी अवधिको ब्याज ७.३१ प्रतिशत तोकिएको छ ।