२०८१ चैत १९ गते
काठमाडौ । दोर्दी खोला जलविद्युत आयोजनाको हकप्रद सेयरमा आजदेखि आवेदन खुला भएको छ । जलविद्युतले १०० प्रतिशत हकप्रद सेयरमा ( चैत १९ गते) मंगलबारदेखि आवेदन खुला गरेको हो ।
कम्पनीले १ः१ अनुपातमा १ करोड ५ लाख ४२ हजार ६ सय ४ कित्ता हकप्रद सेयर जारी गरेको छ । १ सय अंकित मूल्यमा १ अर्ब ५ करोड ४२ लाख ६० हजार ४ सय रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गरेको हो । यस आयोजनाको सेयर यसअघि नै भएकाहरुले यो हकप्रदमा आवेदन दिन सक्नेछन् । लगानीकर्ताले २०८२ वैशाख ८ गतेसम्म आवेदन दिन सक्नेछन् ।
हकप्रद सेयरमा सानिमा क्यापिटलले बिक्री प्रबन्धकको काम गरेको छ । यसकारण सानिमा क्यापिटल नक्साल काठमाडौं र सानिमा बैंकको तोकिएको शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ
प्रतिक्रिया