दोहोरो अंकले घट्यो नेप्से, ७ अर्व भन्दा बढिको भयो कारोबार

२०८० पुस ०८ गते

दोहोरो अंकले घट्यो नेप्से, ७ अर्व भन्दा बढिको भयो कारोबार

काठमाडौँ   यो साताको पहिलो कारोबार दिन नेप्से दोहोरो अंकले घटेको छ । आइतवार नेप्से परिसूचक २१.०३ अंकले घटेर २०८८.०७ मा बन्द भएको छ । बजार खुलेदेखिनै विभिन्न उतारचढाव व्यहोरेको नेप्से सोमबार अन्ततः ०.९९ प्रतिशतले घट्न पुगेको हो ।

बजारमा आज ७.११ अर्व रुपैयाँ भन्दा बढीको कारोबार भएको छ । जसमा ७९ कम्पनी बढेका छन् भने १६१ कम्पनी घटेका छन् । यसैगरी ६ वटा कम्पनीको शेयर भने स्थिर रहन पुगेका छन् । शेयर बजार घटेता पनि यो दिन बोटलर्स नेपाल बालाजु लगायत कालिका पावर, सामलिंग पावर, बिपीडब्लु लघुवित्त र चिर्ख्वा हाइड्रोको शेयरमा १० प्रतिशतको उछाल आएको छ ।

Advertisement:

Ad
Ad

आज सर्वाधिक रकमको कारोबार गर्ने कम्पनीमा शिवम सिमेन्ट रह्यो भने सर्वाधिक शेयर कारोवार एचडिएचपीसी  रह्यो ।