दिल्लीको मुख्यमन्त्री केजरीवालले गरे पदबाट राजीनामा दिने घोषणा

२०८१ भदौ ३० गते

दिल्लीको मुख्यमन्त्री केजरीवालले गरे पदबाट राजीनामा दिने घोषणा

काठमाडौं । दिल्लीको मुख्यमन्त्री अरविन्द केजरीवालले २ दिनपछि पदबाट राजीनामा दिने घोषणा गरेका छन् । जेलबाट रिहा भएपछि अरविन्द केजरीवालले आम आदमी पार्टीको कार्यालयमा कार्यकर्तालाई सम्बोधन गर्दै २ दिनपछि राजीनामा दिने घोषणा गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

उनले भने, ‘म सीएमको कुर्सीबाट राजीनामा दिनेछु र जनताको निर्णय नआएसम्म म सीएमको कुर्सीमा बस्ने छैन । म जनताको बीचमा जान्छु, हरेक गल्लीमा जान्छु, घरघरमा जान्छु र जनताले केजरीवाल इमान्दार छन् भन्ने फैसला नगरेसम्म म मुख्यमन्त्रीको कुर्सीमा बस्ने छैन ।’

Advertisement:

Ad
Ad