धितोपत्र बोर्डको अध्यक्ष चयन प्रक्रिया अघि बढाइँदै,सर्ट लिष्टमा परेकाहरुको आज प्रस्तुतिकरण

२०८१ असार ०२ गते

धितोपत्र बोर्डको अध्यक्ष चयन प्रक्रिया अघि बढाइँदै,सर्ट लिष्टमा परेकाहरुको आज प्रस्तुतिकरण

काठमाडौं । सरकारले नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष चयन प्रक्रिया अघि बढाएको छ ।

अर्थ मन्त्रालयले सूचना जारी गर्दै सेबोनको अध्यक्ष पदको लागि संक्षिप्त सूची सर्ट लिस्टमा परेका उम्मेदबारको आज प्रस्तुतिकरण तथा अन्तरवार्ता लिने भएको छ ।

Advertisement:

Ad
Ad

प्रस्तुती तथा अन्तरवार्ता राष्ट्रिय योजना आयोगको सभाहलमा हुने अर्थ मन्त्रालयले जनाएको छ । सेबोनको अध्यक्ष पद २०८० पुस २१ गतेदेखि खाली रहेको थियो ।

सेबोनको अध्यक्ष बन्ने दौडमा ५ जना प्रतिस्र्पधामा छन् । यीमध्ये तीन जनाको नाम छनौट गरेर मन्त्रीपरिषद्को बैठकमा पेस हुन्छ । जसबाट १ जनाको नाम छानेर बोर्डको जिम्मेवारी दिइन्छ । अध्यक्षको दौडमा चिरञ्जीवी चापागाईँ, कृष्णबहादुर कार्की, सन्तोष नारायण श्रेष्ठ, डा नवराज अधिकारी र मुक्तिनाथ श्रेष्ठ छन् ।