बिचौलियाको सेटिङमा आलु र प्याजको कर हटाइएको हो- कांग्रेस नेता प्रकाशशरण महत

२०८१ जेठ १५ गते

बिचौलियाको सेटिङमा आलु र प्याजको कर हटाइएको हो- कांग्रेस नेता प्रकाशशरण महत

काठमाडौ । सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८१/८२ को बजेटमाथि पूर्व अर्थमन्त्री एवं कांग्रेस नेता प्रकाशशरण महतले टीप्पणी गरेका छन् । उनले यो बजेट पुरा हुने खालको नभएको र कर्मकाण्डी मात्र रहेको प्रतिक्रिया दिएका छन् ।

उनले भने, "हामीले यस अघि पनि ३ करोड भन्दा कमको आयोजना नबाँड्ने कुरा गरेका थियौँ तर बजेट पढ्दा अर्थमन्त्री यस विषयमा मौन रहेकोले बजेटरी सुधार हुने छनक देखिँदैन । त्यस्तै कृषि क्षेत्रमा उत्पादनमा आधा्िरत अनुदान दिने कुरा पनि प्रष्ट नभनिएको, प्रधानमन्त्री उद्यमशिलता कार्यक्रममा ७ अर्ब बिनियोजन गर्ने भनिएको छ मूलतः अनुदान दिने भनिएपनि यहाँ सिधै नगद दिने बाटोमा गएको देखियो।"

Advertisement:

Ad
Ad

त्यस्तै उनले प्रतिक्रिया दिँदै स्याउ आलु र प्याजमा लागेको भ्याट हटाएको भनिएपनि यसले स्वदेशी उत्पादनलाई बढाउने भनेर झुट बोकेको आरोप लगाए । यो विदेशी व्यापारी र बिचौलियाको सेटिङमा कर हटाइएको हो,उनले थपे ।

अर्थमन्त्रीको बजेट बक्तब्य र सरकारको कार्यशैलीबाट उत्पादन र लगानी आउने परिवेष नदेखेको महतले बताए । त्यस्तै बजेटले आन्तरिक ऋण बढाउने कुराले बैंकबाट निजी क्षेत्रमा जान पर्ने रकम सरकारी प्रयोजनका लागि आउनु दुःखद् हुने र परिणाम नदेखिने बताए ।