भारतीयलाई लक्षित गरेर पाँचतारे होटल बनाउँदै लुम्बिनी केबुलकार कम्पनी

२०८० कात्तिक १० गते

भारतीयलाई लक्षित गरेर पाँचतारे होटल बनाउँदै लुम्बिनी केबुलकार कम्पनी

काठमाडौं। लुम्बिनी केबुलकार लिमिटेडका निर्देशक रुद्र पौडेलले नेपालीसँगै भारतका नागरिकलाई लक्षित गरेर बसन्तपुरमा पाँचतारे होटेल निर्माणाधीन रहेको जानकारी दिएका छन्।

सो होटलसहित केबुलकारमा ५ अर्ब रुपैयाँ लगानी हुने जानकारी पनि उनले दिएका छन्। सञ्चालनको पाँच महिनामै बसन्तपुरको कामाख्यादेवी मन्दिर भारतको उत्तर प्रदेशका पर्यटकको लागि आकर्षक धार्मिक गन्तव्य बनिसकेको र यहाँ आएका भारतीय पर्यटकलाई नेपालका अरु धार्मिक गन्तव्यमा पुर्याउन सकिने गरी केबुलकार सर्किट निर्माण गरी प्रचारप्रसारको काम थालिने निर्देशक पौडेलले जानकारी दिए।

Advertisement:

Ad
Ad

लुम्बिनी केबुलकार नेपालीका लागि मात्र नभइ भारतीय पर्यटकका लागि पनि एक प्रमुख आकर्षक गन्तव्य बन्ने बताउँदै भारतको उत्तर प्रदेशको लुम्बिनी प्रदेशका तराईका जिल्लासँग सीमा जोडिएकाले त्यहाँका नागरिकका लागि लुम्बिनी क्षेत्रमा अवस्थित यो पर्यटकीय पूर्वाधार भारतीय नागरिकको पनि एक महत्वपूर्ण गन्तव्य बन्ने उनको धारणा थियो।

पतञ्जली योगपीठका अध्यक्ष आचार्य बालकृष्णले केबुलकारको टप स्टेशन बसन्तपुरमा निर्माण गरिएको कामाख्या भगवती मन्दिर, यहाँको प्राकृतिक सौन्दर्य तथा तराईको गर्मीमा पनि बसन्तपुरमा पाइने शीतल वातावरण भारतीय पर्यटकको प्रमुख आकर्षण रहेको बताए।