भारतले प्याजको निर्यात प्रतिबन्ध जारी राख्ने

२०८० फागुन १० गते

भारतले प्याजको निर्यात प्रतिबन्ध जारी राख्ने

एजेन्सी । भारतको केन्द्र सरकारले प्याजको निर्यातमा लगाएको प्रतिबन्धलाई जारी राख्ने भएको छ ।

भारतको उपभोक्ता सचिव कुमार सिंहले प्याजको निर्यातमा लगाईको प्रतिबन्ध हटेको खबर असत्य भएको भन्दै यसलाई जारी राख्ने बनाएका छन् । पछिल्ला दिनमा भारतले लगाएको प्याजको प्रतिबन्ध हटेको खबर बाहिरिएको थियो । जसबाट भारतमा प्याजको थोक बिक्री मूल्य ४०.६२ प्रतिशतले बढेर १८ सय भारतीय रुपैयाँ प्रति क्विन्टल भएको थियो, जुन यसअघि १२ सय ८० भारतीय रुपैयाँ प्रति क्विन्टल थियो ।

Advertisement:

Ad
Ad

सिंहका अनुसार प्याजको निर्यातमाथिको प्रतिबन्ध हटेको छैन । उपभोक्ताका लागि प्याजको मूल्य स्थिर राख्नका लागि निर्यात माथिको प्रतिबन्धलाई जारी राख्ने बताएका हुन् । उनले भनेका छन्, ‘प्याजको मूल्यलाई नियन्त्रणमा राख्नका लागि पूर्व घोषित समयसीमा मार्च ३१ सम्म प्याजको निर्यात प्रतिबन्ध जारी राख्नेछौं ।’

भारतीय सञ्चारमाध्यमकाअनुसार भारतले प्याज निर्यातमाथिको प्रतिबन्ध भारतमा हुने चुनावसम्म जारी रहने देखिएको छ । मार्च ३१ पछि पनि प्याजको निर्यातको प्रतिबन्ध जारी रहने सम्भावना उच्च रहेको भारतीय समाचार एजेन्सी पिटिआईले जनाएको छ ।

अप्रिलमा भारतमा लोकसभा चुनावको मिति घोषणा हुने र मे महिनामा चुनाव हुने सम्भावना रहेको छ । त्यसैले भारत सरकारले प्याजको निर्यातलाई थप समयका लागि जारी राख्ने सम्भावना उच्च रहेको समाचारहरुमा जनाइएको छ ।

भारतमा प्याजको निर्यात प्रतिबन्ध हुँदा यसले प्रत्यक्ष रुपमा नेपाललाई असर गर्छ । पूर्वनिर्धारित मिति अर्थात मार्च ३१ ९चैतको दोस्रो साता०सम्मको प्रतिबन्ध थप लम्बिएमा यसले नेपालमा पनि उच्च असर गर्ने देखिन्छ ।

नेपालमा आयात हुने प्याज मुख्य गरि भारतबाट नै आउने गर्छ । दैनिक काठमाडौं उपत्यकामा खपत हुने ९० देखि १ सय टन प्याज भारतबाट नै आउने गरेको कालिमाटी तरकारी व्यवसायी संघले जनाउँदै आएको छ ।