भैरहवाको र्याडिसन प्रोजेक्टलाई ऋण दिदा घुस लिएको भन्दै नेपाल बैंकका पुर्व अध्यक्ष डा. अधिकारी विरद्ध अख्तियारले दायर गर्यो मुद्दा

२०८२ जेठ २६ गते

भैरहवाको र्याडिसन प्रोजेक्टलाई ऋण दिदा घुस लिएको भन्दै नेपाल बैंकका पुर्व अध्यक्ष डा. अधिकारी विरद्ध अख्तियारले दायर गर्यो मुद्दा

काठमाडौ । बैंकहरु एक पछि अर्को गर्दै धमाधम अख्तियारको निशानामा पर्न थालेका छन् । केही दिन अघि मात्र पतञ्जली जग्गा हिनामिना प्रकरणमा एक दर्जन बैकर्स विरद्ध मुद्दा दायर गरेको अख्तियार  दुरुपयोग अनुसन्धान आयोगको आँखा नेपाल बैंकका पुर्व अध्यक्षमाथि परेको छ ।

नेपाल बैंक लिमिटेडका तत्कालीन अध्यक्ष डा. चन्द्रबहादुर अधिकारीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले सोमबार अख्तियारले अधिकारीमाथि भैरहवामा सञ्चालन हुन लागेको र्याडिसन प्रोजेक्टलाई ऋण दिने क्रममा १९ लाख रुपैयाँ घुस लिएको आरोप लगाउँदै मुद्दा दायर गरेको हो । घुस लिएको ठोस प्रमाण भेटिएको आधारमा दुवै प्रतिवादीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद र जरिवानाको मागसहित विशेष अदालतमा मुद्दा दायर गरिएको छ ।

Advertisement:

Ad
Ad

र्याडिसन प्रोजेक्टले १ अर्ब  ७७ करोड २९ लाख ८६ हजार रुपैयाँ ऋण लिनका लागि नेपाल बैंकको हेड अफिसबाट प्रक्रिया अघि बढाएको थियो । ऋण लिनेक्रममा भुसाल हस्पिटालिटीका अध्यक्ष बालकृष्ण भुषाल र उनका छोरा अंकित भुषालले बैंकका तत्कालिन अध्यक्ष डा. अधिकारीसँग पटक-पटक ह्वाट्स एपमा कुराकानी गरेको पाइएको अख्तियारले भनेको छ । 

२०८१ भदौ ३० गते  बालकृष्ण भुषालको प्राइम बैंकको चेकबाट सात लाख, शारदा गुप्ताको नाममा दर्ता रहेको अनन्या इन्टरप्राइजेज सिटिजन्स बैंकको खातामा अमृत भुषालको एभरेष्ट बैंकबाट १२ लाख रुपैयाँ रकम पठाएर जम्मा भएको देखिएको छ ।