बालुवाटारमा प्रदर्शन गरेको आरोपमा मिटरब्याज पीडितको वार्ता टोली संयोजक पक्राउ

२०८० फागुन २३ गते

बालुवाटारमा प्रदर्शन गरेको आरोपमा मिटरब्याज पीडितको वार्ता टोली संयोजक पक्राउ

काठमाडौं । मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिका अध्यक्ष अवधेश कुशवाहलाई पक्राउ परेका छन् । मिटरब्याज पीडितको तर्फबाट वार्ता गर्न बनाइएको टोलीको संयोजक समेत रहेका कुशवाहलाई प्रहरीले बालुवाटारबाट पक्राउ गरेको हो ।

बालुवाटार क्षेत्रमा प्रदर्शन गरेको आरोपमा उनीसहित १३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ४ महिला र ९ जना पुरुष छन् ।

Advertisement:

Ad
Ad

मिटरब्याज पीडितले अध्यक्ष कुशवाहको नेतृत्वमा सरकारी वार्ता टोलीसँग वार्ता गरिरहेको थियो । तर, हालसम्म पटकपटक भएको वार्ता विना निष्कर्ष टुंगिएको थियो । अहिले सत्ता समीकरण फेरिएको अवस्थामा गृह मन्त्रालयमा राजनीतिक नेतृत्व रिक्त हुँदा वार्ता थप अनिश्चित बनेको छ ।