बालेनको सहर घुम्दा...

२०८० कात्तिक १७ गते

बालेनको सहर घुम्दा...

काठमाडौँ ।  कतै नालीको दुई किनारामा सडक बन्दै कतै फोहर टिप्पर भरी लैजाँदै कतै भर्खर बाह्र पास गरेकाहरु डिभी भर्दै बालेनको सहर काँचुली फेर्ने तरखरमा छ ।

बालेनको सहर ....

Advertisement:

Ad
Ad

गल्ड्याङगुलडुंङ खाल्टो पुर्दै कतै फाटेको पिच टाल्दै कतै पैदल यात्रीको मार्ग बनाउदै बालेनको सहर पुरातात्विक सम्पदा रक्षा गर्दै जुर्मुराएको भान हुन्छ स्थानीय सरकारको आभास दिदै छ ।

बालेनको सहर .....

शौचालय बिनाको यो सहर खुल्ला शौच बगाउन बाध्य छ सुकेका धाराहरु जिर्ण उद्दारका लागि पर्खिरहेछ मन्दिर मासेर बनाइएका सडक चौडा हुनुको उपलब्धी सडकभरी गाडी पार्कको प्रतिक्षामा साइड बत्ती दिँदे रोक्किँदैछ

मचान र पाटीहरु लोप भएको यो सहर पुन: डबली बस्न तम्सिएको छ

बालेनको सहर ......

(खलानको मान्छे)

लेखक प्रवासी नेपालीका रुपमा जर्मनीमा हाल कार्यरत छन् ।