औपचारिक माध्यमबाट मात्रै रेमिटेन्स पठाउन प्रहरीको आग्रह, नपठाए कारबाही

२०८० मंसिर २० गते

औपचारिक माध्यमबाट मात्रै रेमिटेन्स पठाउन प्रहरीको आग्रह, नपठाए कारबाही

काठमाडौँ । विदेशमा कमाएको रकम औपचारिक माध्यमबाट पठाएर कानूनी कारबाहीबाट जोगिन वैदेशिक रोजगारीमा रहेका र स्वदेशमा रकम प्राप्त गर्नेहरूलाई अनुरोध गरिएको प्रहरीले जनाएको छ ।

वैदेशिक रोजगारीमा रहेका कतिपय नेपालीले केही रकम जोगिने प्रलोभनमा अवैध तवरले व्यक्तिमार्फत नेपालमा रकम पठाउने गरेको पाइएको भन्दै प्रहरीले औपचारिक माध्यम प्रयोग गर्न प्रहरीले अनुरोध गरेको हो ।

Advertisement:

Ad
Ad

यसरी विदेशी रकम प्राप्त गरेपश्चात ती अमुक व्यक्तिले म तपाईँले भनेको व्यक्तिको नेपालस्थित बैंक खातामा यस बराबरको सटही नेपाली रकम जम्मा गरिदिन्छु भनी गैरकानूनी तवरमा नेपालमा रहेको बैंक खातामा जम्मा गराइदिने गरेको अनुसन्धानबाट खुलेको प्रहरी प्रवक्ता कुवेर कडायतले बताए ।

‘साइबर’जन्य ठगी गर्ने गिरोह सक्रिय रहेको पाइएको हुँदा यस्ता झुटा आश्वासनमा नपरी, ठगी हुनबाट जोगिन पनि प्रहरीले अनुरोध गरेको छ ।