यस्तो छ देशको वर्तमान आर्थिक स्थिती, मूख्य बुँदामा हेरौँ

२०८२ जेठ २७ गते

यस्तो छ देशको वर्तमान आर्थिक स्थिती, मूख्य बुँदामा हेरौँ

काठमाडौँ । नेपालको अर्थतन्त्र यतिखेर जटिल मोडमा गुज्रिरहेको भनाईहरु बारम्बार आइरहन्छन् । राष्ट्र बैंकले सार्वजनिक गरेको बैशाख महिनाको तथ्यांक अनुसार मुलुकको आर्थिक स्थितीमा सुधार आएको देखिन्छ । विप्रेषण,विदेशी मुद्रा सञ्चिती,शोधनान्तर स्थिती जस्ता अर्थतन्त्रका प्रमुख सूचकहरुमा भएको बढोत्तरीका आधारमा हेर्दा अर्थतन्त्रले सकारात्मक लय समातेको मान्न सकिन्छ । केन्द्रीय बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार वैशाख एक महिनाको अवधिमै १ खर्ब ६५ अर्ब ३० करोड रेमिट्यान्स भित्रिएको छ । २०८२ वैशाखमा मात्र विप्रेषण आप्रवाहले कीर्तिमान बनाएको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।यसअघि एकै महिनामा यो मात्रामा रेमिट्यान्स भित्रिएको थिएन । यसअघि फागुन २०८१ मा सबैभन्दा धेरै १ खर्ब ५१ अर्ब २० करोड रेमिट्यान्स भित्रिएर कीर्तिमान बनेको थियो । 

चालु आर्थिक वर्षको २०८१/०८२ को १० महिनासम्म सरकारको खातामा ३ खर्ब ६० अर्ब ९८ करोड रुपैयाँ बराबर नगद मौज्दात रहेको छ ।नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको तथ्यांक अनुसार राष्ट्र बैंकमा रहेको नेपाल सरकारका विभिन्न खातामा उक्त परिमाण बराबर रकम मौज्दात रहेको छ ।२०८१ असार मसान्तमा ती खातामा ९३ अर्ब ९६ करोड मौज्दात थियो ।अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ३ खर्ब ९२ अर्ब ६४ करोड रुपैयाँले बचतमा रहेको थियो । अमेरिकी डलरमा ३ अर्ब २३ करोडले शोधनान्तर स्थिति बचतमा रहेको छ । अघिल्लो वर्ष २ अर्ब ९४ करोडले बचतमा थियो ।राष्ट्र बैंकले सार्वजनिक गरेको ताजा तथ्यांकअनुसार यस्तो छ अर्थतन्त्रका मूख्य सूचकहरु । 

Advertisement:

Ad
Ad

१,वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति २.७७ प्रतिशत रहेको छ ।
२,शोधनान्तर स्थिति ४३८ अर्ब ५२ करोडले बचतमा रहेको छ ।
३,आयात १३.१ प्रतिशतले र निर्यात ७२.७ प्रतिशतले बढेको छ ।
४, विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा १३.२ प्रतिशतले र अमेरिकी डलरमा १०.५ प्रतिशतले बढेको छ ।
५,कुल विदेशी विनिमय सञ्चिति अमेरिकी डलरमा १८ अर्ब ४० करोड पुगेको छ ।
६,नेपाल सरकारको खर्च रु.११५७ अर्ब ८९ करोड र राजस्व परिचालन रु.९२२ अर्ब ४३ करोड रहेको छ ।
७,विस्तृत मुद्राप्रदाय ६.६ प्रतिशतले बढेकोछ । वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय ११.४ प्रतिशतले बढेको छ ।
८,बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ६.२ प्रतिशतले र निजी क्षेत्रमा प्रवाहित कर्जा ७.३ प्रतिशतले बढेको छ ।
९,वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर ११.४ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ८.४ प्रतिशत रहेको छ ।