२०८० फागुन ०१ गते
काठमाडौँ । नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । हिजो सार्वजनिक भएको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा लगानीकर्ताहरुले अपेक्षा गरेअनुसार नआउँदा यस दिन लगानीकर्ताहरु निराश भएका छन् । यस दिन नेप्से परिसूचक ३०.५६ अंकले घटेर २०७०.५९ अंकमा बन्द भएको छ । बजार खुलेदेखिनै विभिन्न उतारचढाव व्यहोरेको नेप्से अन्ततः १.४५ प्रतिशतले घट्न पुगेको हो ।
शेयर बजारमा १३ वटा उपसमूह मध्य आज १३ उपसमूहकै परिसूचक घटेको छ । कारोबारमा आएको विकास बैंक उपसमूहको परिसूचक यस दिन सर्वाधिक २.४० प्रतिशत घटेको छ भने अन्य उपसमूहको परिसूचक २.२७ प्रतिशतले घटेको छ ।
यस दिन नेप्से परिसूचक घटेपनि कारोबर रकम भने बढेर ४.६६ अर्ब बढीको शेयर किनबेच भएको छ । जसमा ४० कम्पनी बढेका छन् भने २०३ कम्पनी घटेका छन् । यसैगरी ५ वटा कम्पनीको शेयर भने स्थिर रहन पुगेका छन् । आज समाज लघुवित्त, बोटलर्स नेपाल बालाजु र सुपर माइ हाइड्रो कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । त्यसैगरी, यस दिन सर्वाधिक घट्ने कम्पनीमा गुराँस लघुवित्त रह्यो जसको शेयर ९.७० प्रतिशतले घटेकोछ ।
आज सर्वाधिक रकमको कारोबार गर्ने कम्पनीमा हिमालयन रिइन्सुरेन्स रह्यो भने सर्वाधिक शेयर कारोबार हुने कम्पनीमा पनि हिमालयन रिइन्सुरेन्स कम्पनीनै रह्यो ।
प्रतिक्रिया