आई.सि.यफ.सि ले गर्यो लाभांश घोषणा

२०८० पुस ०६ गते

आई.सि.यफ.सि ले गर्यो लाभांश घोषणा

काठमाडौं । आई.सि.यफ.सि ले आफ्ना शेयरधनिलाई लाभांश दिने घोषणा गरेको छ । कम्पनीको पौष ५ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७९/८० को मुनाफा बाट लाभांश दिने निर्णय गरेको हो । कम्पनीले सेयरधनीलाई हाल कायम चुक्ता पुँजी रु. १,१८,३४,७०,९६० को  ६.५  प्रतिशतका दरले नगद लाभांश वितरण गर्नेछ ।

कम्पनीले  बीसौं  बार्षिक साधारण सभाको लागि मिति २०८०/०९/२९ गते को दिन तोकेको छ ।  यसका साथै कम्पनीले पौष १३ गते बुक-क्लोज गर्ने निर्णय गरेको छ ।

Advertisement:

Ad
Ad