१० महिनामा गाडीको आयातबाट ९ अर्ब ३६ करोड राजस्व संकलन

२०८१ जेठ ०८ गते

१० महिनामा गाडीको आयातबाट ९ अर्ब ३६ करोड राजस्व संकलन

काठमाडौं । भन्सार विभागले सोमबार सार्वजनिक गरेको तथ्यांकनुसार १० महिनामा नेपालमा ८ हजार ४ सय ९७ विद्युतीय गाडी (ईभी) आयात गरिएको छ । शून्यदेखि ५० किलोवाट, ५१ देखि सय, १ सय १ देखि २ सय र २ सय १ देखि ३ सय किलोवाट क्षमताका विद्युतीय गाडी भिœयाइएको हो ।

यी गाडीको आयात मूल्य २१ अर्ब ८ करोड ८० लाख ४९ हजार रुपैयाँ छ । यी गाडीको आयातबाट सरकारले ९ अर्ब ३६ करोड ४४ लाख ४३ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । चैत मसान्तसम्म नेपालमा ७ हजार ९३ विद्युतीय गाडी आयात गरिएको थियो । वैशाख मसान्तसम्म एक महिनाको अवधिमा १ हजार ४ सय ४ ईभी आयात गरिएको भन्सार विभागको तथ्यांक छ ।

Advertisement:

Ad
Ad

१० महिनाको अवधिमा मुलुकले १ सय ६८ देशसँग व्यापार गरेको छ । त्यसमध्ये १ सय ३३ देशसँग व्यापार नोक्सानमा हुँदा बाँकी ३५ देशसँगको व्यापार नाफामा रहेको छ ।

विभागको तथ्यांकनुसार नेपालको वैदेशिक व्यापारमा ९१ दशमलव १७ प्रतिशत आयात रहेको छ भने जम्मा ८ दशमलव ८३ प्रतिशत निर्यातको हिस्सा रहेको छ ।