१ करोड २० लाख पर्ने कियाको 'इभी ६' केही दिनमै नेपाली बजारमा भित्रने

२०८० मंसिर १९ गते

१ करोड २० लाख पर्ने कियाको 'इभी ६' केही दिनमै नेपाली बजारमा भित्रने

काठमाडौं। कियाको विद्युतीय गाडी 'इभी ६' केही दिनमै नेपाली बजारमा भित्रने भएको छ। यो गाडी करिव एक हप्तामा नेपाल आइपुग्ने कम्पनीले जनाएको छ।

यो कियाको प्रिमियम विद्युतीय गाडी हो। ७७.४ किलोवाट आवरको ब्याट्री रहेको यो गाडीले ३२०.५५ बिपिएच पावर र ६०५ एनएम टर्क जेनेरेट गर्छ।

Advertisement:

Ad
Ad

यसले सिङ्गल चार्जमा ७ सय ८ किलोमिटर रेन्ज दिने कियाको दावी छ। यसमा पावर स्टेरिङ, पावर विन्डो, एबिएस, एयर कन्डिसनर, एयरब्याग, फगलाईट, अलोय ह्विल, मल्टी फङ्सन स्टिेरिङ ह्वल लगायतका फिचर्स छन्।

यो गाडीले ग्लोबल एनक्याप सेफ्टी रेटिङमा ५ स्टार पाएको थियो। नेपालमा यसको मूल्य १ करोड २० लाख हाराहारी पर्ने अनुमान गरिएको छ।