आजदेखि फुटबलको महाकुम्भ फिफा विश्वकप २०२६ खेल शुरु

२०८३ जेठ २८ गते

आजदेखि फुटबलको महाकुम्भ फिफा विश्वकप २०२६ खेल शुरु

काठमाडौँ । फुटबलको महाकुम्भ फिफा विश्वकप २०२६ आजदेखि औपचारिक रूपमा सुरु हुँदैछ। यो संस्करण इतिहासकै सबैभन्दा ठूलो विश्वकप हुनेछ जसमा ४८ टोलीले प्रतिस्पर्धा गर्दैछन्।

 

Advertisement:

Ad
Ad

उद्घाटन खेल आज मध्यरातपछि अर्थात् नेपाली समय अनुसार रातको १२:४५ बजे  मेक्सिको सिटीको मेक्सिको सिटी स्टेडियममा मेक्सिको र दक्षिण अफ्रिकाबीच हुनेछ। यो २०१० विश्वकपको उद्घाटन खेलको दोहोरिने खेल हो। त्यस अघि उद्घाटन समारोह हुने छ।

 

संयुक्त राज्य अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गरेको यो प्रतियोगिता फुटबल इतिहासकै सबैभन्दा ठुलो र विशाल 'सुपरसाइज्ड' विश्वकप हो । कुल ४८ टोलीहरूले १६ वटा अत्याधुनिक रङ्गशालाहरूमा कूल १०४ वटा खेलहरू खेल्नेछन् । 


३९ दिनसम्म चल्ने ऐतिहासिक प्रतियोगिताले खेल जगत्मा नयाँ कीर्तिमान कायम गर्ने निश्चित छ । फिफाले साविकको ३२ टोलीको संरचनालाई परिमार्जन गरेपछि शुरू भएको यो पहिलो विश्वकप हो । यससँगै शुरूआती चरणमा चार वटा थप समूहहरू र नकआउट चरणमा ुराउन्ड अफ ३२ु को नयाँ ढाँचा थपिएको छ । 

 

विश्वकपको इतिहासमा सन् १९९८ मा फ्रान्समा भएको प्रतियोगितापछि पहिलो पटक यसरी टोलीको सङ्ख्या विस्तार गरिएको हो । त्यस्तै, सन् २००२ मा जापान र दक्षिण कोरियाले संयुक्त रूपमा आयोजना गरेपछिको इतिहासमा यो दोस्रो पटक मात्रै प्रतियोगिता एकभन्दा बढी देशहरूमा खेलाउन लागिएको हो ।

 

ऐतिहासिक प्रतियोगिताको उद्घाटन खेल आयोजना गर्ने अवसर यस पटक मेक्सिकोले पाएको छ । मेक्सिको सिटीमा आज राति आयोजना हुने उद्घाटन खेलमा आयोजक मेक्सिकोले दक्षिण अफ्रिकाको सामना गर्दै छ, जहाँ घरेलु टोलीलाई बलियो दाबेदार मानिएको छ । आजै हुने दोस्रो खेलमा समूह 'ए' मा रहेका दक्षिण कोरिया र चेक गणतन्त्र मेक्सिकोको ग्वाडलाजारामा भिड्नेछन् ।

 

क्यानडा र अमेरिकाले भने भोलि शुक्रबार मात्रै आफ्ना पहिलो खेलहरू आयोजना गर्नेछन् । क्यानडाले टोरन्टोमा बोस्निया हर्जगोभिनासँग खेल्नेछ भने अमेरिकी टोलीले क्यालिफोर्नियाको इङ्गलवुडमा पराग्वेको सामना गर्नेछ ।