प्रधानमन्त्रीलाई म्यासेज पठाएको आरोपमा सचिव कृष्णहरि पुष्करलाई प्रहरीले लियो नियन्त्रणमा

२०८३ जेठ २१ गते

प्रधानमन्त्रीलाई म्यासेज पठाएको आरोपमा सचिव कृष्णहरि पुष्करलाई प्रहरीले लियो नियन्त्रणमा

काठमाडौँ । प्रहरीले सचिव कृष्णहरि पुष्करलाई नियन्त्रणमा लिएको छ । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आदेशमा उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले नियन्त्रणमा लिएको गृह मन्त्रालय स्रोतले पुष्टि गरेको छ । प्रहरीले उनलाई कपनस्थित घरबाटै नियन्त्रणमा लिएर कार्यालयमा ल्याएको थियो । 

Advertisement:

Ad
Ad

प्रहरी स्रोतका अनुसार, व्यक्तिगत स्वार्थका लागि सेटिङ मिलाउने हिसावले सिधै प्रधानमन्त्री वालेन्द्र शाहलाई म्यासेज पठाएको आरोप उनीमाथि लागेको छ । यद्यपि प्रहरी अधिकृतहरुले भने पुरै कुरा अहिले नखोलिएपनि माथिल्लो तहबाटै आएको आदेशका आधारमा पुष्कर पक्राउ परेका हुन् ।

उच्च स्रोतले भने तत्काल उनलाई मुद्दा चलाउने किसिमको पर्याप्त आधार नदेखिए पनि सोधपुछ भइरहेको बताएको छ ।