अदालतको आदेशपछि जिम्मेवारीमा फर्किएका नगर प्रहरी प्रमुख पाण्डे भन्छन्, 'पुराना घटनालाई बिर्सिन चाहन्छु'

२०८२ असार ०५ गते

अदालतको आदेशपछि जिम्मेवारीमा फर्किएका नगर प्रहरी प्रमुख पाण्डे भन्छन्, 'पुराना घटनालाई बिर्सिन चाहन्छु'

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डे जिम्मेवारीमा फर्किएका छन् । बुधवार न्यायाधीश ऋषि राजभण्डारी र डिल्ली रत्न श्रेष्ठको इजलासले पाण्डेलाई निलम्बन गर्ने आदेश कार्यान्वयन नगर्न आदेश दिएसँगै उनी जिम्मेवारीमा फर्किएका हुन् । 

 

Advertisement:

Ad
Ad

बिहीबार कार्यालय पुगेर कार्यभार सम्हाल्दै उनले आफू अदालतप्रति आभार प्रकट गर्दै पुराना घटनालाई बिर्सन चाहने बताए ।  ‘सम्मानित अदालतप्रति आभार प्रकट गर्न चाहन्छु र पुराना घटनालाई बिर्सिन पनि चाहन्छु म ।’, उनले भने, ‘महानगरमा नयाँ शिराबाट महानगरका जनताले अनुभूति गर्ने गरि काम गरेको थिएँ । अझ सशक्त भएर गर्नेछु ।’


त्यस्तै उनले बर्खा लागिसकेका कारण बाढी र त्यसको प्रभाव कम गर्न राज्यका निकायसँग साझेदार गरेर काम गर्ने बताए । उच्च अदालत पाटनले पाण्डेले वरिष्ठ नगर प्रहरी उपरीक्षक पदमा कार्यरत रहेर पदीय जिम्मेवारी बहन गरेको अदालतको जिकिर गर्दै जिम्मेवारीमा फर्काउन आदेश दिएको थियो । त्यस्तै पाण्डेको निलम्बन कार्यान्वयन नगरी यथास्थितिमा राख्न र उनको पदमा रही कामकाज गर्न दिन समेत अदालतले आदेश दिएको थियो ।

 

नगर प्रहरी प्रमुख राजु पाण्डेलाई महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँले गत जेठ २० गते निलम्बन गरेका थिए । उनले आफूलाई पाण्डेको बुझाएको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै निलम्बन गरेका हुन् ।