पुटिनसँग पैसा सकिएपछि युद्ध आफैँ सकिन्छ : जेलेन्स्की

२०८२ माघ ०९ गते

पुटिनसँग पैसा सकिएपछि युद्ध आफैँ सकिन्छ : जेलेन्स्की

काठमाडौँ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग पैसा सकिएपछि युक्रेन युद्ध पनि समाप्त हुने बताएका छन् ।

स्विट्जरल्यान्डको डाभोसमा बिहीबार आयोजित विश्व आर्थिक मञ्चलाई सम्बोधन गर्दै उनले भने, “यदि, पुटिनसँग पैसा बाँकी रहेन भने युरोपमा कुनै युद्ध बाँकी रहने छैन ।”

Advertisement:

Ad
Ad


रुस र युक्रेनबीचको युद्ध चलिरहेका बेला जेलेन्स्कीले यस्तो बताएका हुन् । “जब अमेरिकाले रुसी तेल ट्यांकरहरू रोक्न र तेल जफत गर्न सक्छ भने युरोपले किन गर्दैन ?” युरोपको तट हुँदै जाने यही तेलले युक्रेनविरुद्धको युद्धलाई खर्च जुटाइरहेको उनको भनाइ छ ।