२०८३ असोज ०५ गते
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज ९नेप्से०मा सोमबारको नियमित सेयर कारोबार स्थगित भएको छ। ७२ वटा ब्रोकर कम्पनीका सर्भर रहेको डाटा हबमा प्राविधिक समस्या आएपछि असोज ५ गतेको कारोबार रोकिएको हो।
नेप्सेका अनुसार डाटा हबमा असोज ४ गतेदेखि देखिएको समस्या सोमबारसम्म पनि समाधान हुन नसकेपछि समस्या भएको हो । समस्या कायमै रहेका बेला कारोबार सञ्चालन गर्दा नेप्सेको मुख्य प्रणालीमा समेत असर पर्न सक्ने जोखिम देखिएपछि कारोबार रोकिएको हो।
स्टक ब्रोकर एसोसिएसनले समेत कारोबार स्थगनका लागि आग्रह गरेपछि नेप्सेले धितोपत्र सूचीकरण तथा कारोबार नियमावली, २०७५ को नियम २१९१० अनुसार सोमबारको कारोबार स्थगित गरेको जनाएको छ।
तर, एउटै डाटा सेन्टरमा आएको समस्याका कारण पूरै सेयर बजार बन्द हुनुले नेप्सेको ब्याकअप, डिजास्टर रिकभरी र आकस्मिक जोखिम व्यवस्थापन प्रणालीको प्रभावकारितामाथि प्रश्न उठाएको छ।
नेप्सेले प्राविधिक समस्या समाधानको प्रयास भइरहेको जनाएको छ। यद्यपि, समस्या के कारणले आएको हो र आगामी कारोबार प्रभावित हुन्छ कि हुँदैन भन्नेबारे स्पष्ट जानकारी दिएको छैन।
प्रतिक्रिया