२०८२ असोज ०५ गते
काठमाडौं । काठमाडौंमा भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा देखिएका एक युवकको पोशाक र हाउभाउलाई लिएर यति खेर सामाजिक सञ्जालमा विविध आशंकाहरु उब्जाइएका छन् ।
कम्ब्याट पोशाक र वाकीटकीसहित देखिएको भिडियो भाइरल भएपछि घुसपैठको आशंका बढेको थियो । यद्यपि ती युवक ‘हामी नेपाल’ संस्थासँग जोडिएका जेनिस महर्जन भएको खुलेको छ । जेनिस लामो समयदेखि हामी नेपाल संस्थासँग आवद्ध रहेर काम गरिरहेको र उनले २०७२ सालको भूकम्पका बेला आर्मीले लगाएको कमब्याट कपडाबाट प्रभावित भएर आन्दोलनको दौरान कम्ब्याट पोशाक लगाएको खुलेको हो ।
आन्दोलनमा नकाब लगाएका जेनिसले हातमा वाकिटकी पनि बोकेका छन् । नेपालको कानुन अनुसार सञ्चार सेट लिन प्रहरीको अनुमति लिनपर्ने हुन्छ । चौतर्फी विविध टीकाटीप्पणी भएपछि प्रहरीले जेनिस र हामी नेपाल संस्थासँग सोधपुछ र निगरानी गरिरहेको छ ।
प्रतिक्रिया