नागढुंगा-सिस्नेखोला सुरुङमार्ग सञ्चालन गर्न कम्पनी चयन गरिँदै,चैत दोस्रो सातासम्म टुंग्याइने

२०८२ फागुन ०५ गते

नागढुंगा-सिस्नेखोला सुरुङमार्ग सञ्चालन गर्न कम्पनी चयन गरिँदै,चैत दोस्रो सातासम्म टुंग्याइने

काठमाडौँ । नागढुंगा–सिस्नेखोला सुरुङमार्गको निर्माण ९८ प्रतिशत सम्पन्न भए पनि सञ्चालन अझै सुरु हुन सकेको छैन। सुरुङ सञ्चालनका लागि सेवा प्रदायक छनोट प्रक्रिया लम्बिँदा सञ्चालन मिति अन्योलमा परेको हो। सेवा प्रदायक चयन भएपछि मात्रै सञ्चालनको मिति तय गरिने आयोजना कार्यालयले जनाएको छ।

 

Advertisement:

Ad
Ad

अन्तर्राष्ट्रिय बोलपत्रमा १० कम्पनी सहभागी छन् र हाल प्राविधिक प्रस्तावको मूल्यांकन भइरहेको छ। प्राविधिक रूपमा छनोट भएका कम्पनीको मात्र आर्थिक प्रस्ताव खोलिनेछ। प्रक्रिया पूरा भएपछि चैत दोस्रो सातासम्म सेवा प्रदायक टुंग्याउने लक्ष्य राखिएको छ। छनोट भएको कम्पनीले पाँच वर्षसम्म सुरुङको व्यवस्थापन र सञ्चालन गर्नेछ।