गगन थापा र केपी ओलीलाई रास्वपाको महाधिवेशनमा विशिष्ट अतिथिको निम्तो

२०८३ असार ०४ गते

गगन थापा र केपी ओलीलाई रास्वपाको महाधिवेशनमा विशिष्ट अतिथिको निम्तो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले आफ्नो आगामी महाधिवेशनका लागि नेपाली कांग्रेसका सभापति गगन थापा र नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओली लाई विशिष्ट अतिथिका रूपमा निमन्त्रणा गरेको छ।

 

Advertisement:

Ad
Ad

रास्वपाका अनुसार असार ७ देखि ९ गतेसम्म चितवनमा आयोजना हुने महाधिवेशनमा सहभागी हुन दुवै नेतालाई औपचारिक निमन्त्रणापत्र पठाइसकिएको छ।

 

थापा र ओली निकट सचिवालय स्रोतका अनुसार निमन्त्रणा प्राप्त भए पनि महाधिवेशनमा सहभागी हुने वा नहुने विषयमा दुवै नेताले हालसम्म अन्तिम निर्णय गरिसकेका छैनन्। रास्वपाको पहिलो महाधिवेशनलाई पार्टीले संगठन विस्तार र भावी राजनीतिक दिशाबारे महत्वपूर्ण कार्यक्रमका रूपमा लिएको छ।