२०८३ असार ०४ गते
काठमाडौँ । सम्पत्ति शुद्धिकरण कसुरमा बुधबार जेल चलान भएका व्यवसायी दिपक भट्टको गाडी सरकारले जफत गरेको छ । भट्टको ६ करोड ३० लाख पर्ने गाडी सरकारले जफत गरेको हो ।
बीमा ऐन सम्बन्धी कसुर, बैंकिङ कसुर, सम्पत्ति शुद्धीकरण निवारण ऐन अन्तर्गत कसुर गरेको आरोपमा भट्टको हकमा २६ अर्ब ६३ करोड २७ लाख ७१ हजार ५९ रूपैयाँ बिगो कायम गरेको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अभियोग दायर गर्दा उक्त गाडी पनि पेस गरेको थियो।
सोही बमोजिम अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट, सदस्यहरू उमेश कोइराला र विदुर कोइरालाको इजलासले उनको ६ करोड ३० लाख रुपैयाँ पर्ने ०१(०३३ च १ नम्बरको गाडीलाई कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागमा पठाउन आदेश दिएको हो।
प्रतिक्रिया