२०८२ साउन २१ गते
काठमाडौँ । बागमती प्रदेशको नयाँ मन्त्रीमण्डलमा एमालेबाट भौतिक पुर्वाधार तथा विकासमन्त्रीमा नियुक्त भएका डा. दिनेशचन्द्र देवकोटा नेपालको दीगो विकास, जलवायु नीति, योजना निर्माण र विचार नेतृत्वमा अब्बल मानिन्छन् ।
उनले योजना आयोगदेखि बुद्धिजीवी परिषद् सम्म विशिष्ट भूमिका निभाउँदै आएका छन्। अनुसन्धानकर्ता, वक्ता र नीति निर्माता भएर राष्ट्रिय र अन्तर्राष्ट्रिय मंचमा नेपालको प्रतिनिधित्व गर्दै, हरित अर्थतन्त्र र गरिबिमुक्त नेपालका पहलहरूमा सक्रिय योगदान पुर्याउँदै आएका छन्।
इन्जिनियरसमेत रहेका डा.देवकोटा सन् २००८ देखि २०११ सम्म नेपालको राष्ट्रिय योजना आयोगका उपाध्यक्ष थिए । उनले सन् २००५ मा जापानको सैतामा विश्वविद्यालयबाट विद्यावारिधि र सन् १९९६ मा संयुक्त राज्य अमेरिकाको दक्षिणी इलिनोइस विश्वविद्यालयबाट एमएस्सी गरेका छन् ।
नियुक्त हुँदै प्रतिक्रिया दिने क्रममा उनले प्रदेशको मानवपूँजीलाई रोजगारीमा सहभागी गराउने हिसावले पहिचान गर्दै योजना प्राथमिकिकरण गर्ने बताएका छन् ।
#dineshchandra adevkota#bagmatiprovince
प्रतिक्रिया