हेटौँडाका वडाध्यक्षमाथि कार्यकक्षमै मोबिल प्रहार,फरार व्यक्तिहरूको खोजिकार्य हुँदै

२०८२ असार ०४ गते

हेटौँडाका वडाध्यक्षमाथि कार्यकक्षमै मोबिल प्रहार,फरार व्यक्तिहरूको खोजिकार्य  हुँदै

हेटौँडा । हेटौँडा उपमहानगरपालिका वडा नम्बर १ का वडाध्यक्ष सविन न्यौपाने माथि मोबिल छ्यापिएको छ । बुधबार दिउँसो ३ः५० बजेको समयमा वडा कार्यालय भित्रै उपमहानगर प्रवक्ता समेत रहेका अध्यक्ष न्यौपाने माथि मोबिल छ्यापिएको हो । 


जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार अपरिचित व्यक्तिको एक समूहले वडाध्यक्ष न्यौपानेलाई मोबिल छ्यापेको हो । हेटौँडा–१ चाइना क्वाटर भित्र रहेको वडा कार्यालयमा कार्यकक्ष भित्र बसिरहेका अध्यक्ष न्यौपानेलाई नम्बर खुल्न नसकेको २ वटा मोटरसाइकलमा आएका ३र४ जना अपरिचित व्यक्तिहरूले मोबिल छ्यापेर भागेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । 

Advertisement:

Ad
Ad

उनका अनुसार कार्यकक्षमा रहेका अध्यक्ष न्यौपानेको टाउको, कपडा तथा शरीरमा कालो मोबिल छ्यापिएको हो । मोबिल छ्यापेर फरार रहेका व्यक्तिहरूको खोजिकार्य भइरहेको उनले बताए ।


भूमिहीन सुकुम्बासी सम्बन्धी समस्याका व्यवस्थापन गर्ने विषयमा भएको जग्गाको विवादले अध्यक्ष न्यौपाने माथि मोबिल छ्यापिएको हुन सक्ने प्रहरीको अनुमान छ ।