सीमासम्बन्धी अभिव्यक्तिको विरोध,कार्यसूचीमा प्रवेश नै नगरी राष्ट्रियसभा बैठक स्थगित

२०८३ जेठ १९ गते

सीमासम्बन्धी अभिव्यक्तिको विरोध,कार्यसूचीमा प्रवेश नै नगरी राष्ट्रियसभा बैठक स्थगित

काठमाडौँ । राष्ट्रियसभा बैठक कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भएको छ।

 

Advertisement:

Ad
Ad

प्रधानमन्त्री वालेन्द्र शाहले प्रतिनिधिसभामा दिएको सीमासम्बन्धी अभिव्यक्तिको विरोधमा सांसदहरूले बैठक अवरुद्ध गरेपछि अध्यक्ष नारायणप्रसाद दाहालले बुधबार दिउँसो १२ः१५ बजेसम्मका लागि बैठक स्थगित गरेका हुन्।

 

आइतबार बसेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री शाहले नेपालले पनि भारतको भूमि मिचेको अभिव्यक्ति दिएका थिए। उक्त अभिव्यक्तिपछि प्रधानमन्त्री शाहको चौतर्फी विरोध भइरहेको छ।