विकासका लागि दिइएको बजेटको पैसा बैंकमा राखेर व्याज लिने प्रवृत्ति एकदमै गलत हो -अर्थमन्त्री
काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले चालु आर्थिक वर्षको हालसम्मको राजश्व संकलनको अवस्था उत्साहजनक हुन नसक्दा अर्थतन्त्रको आन्तरिक सूचकमा सुधार हुन नसकेको बताएका छन् । राष्ट्रपति र उपराष्ट्रपति कार्यालय तथा संघीय संसदसहित संवैधानिक अंगहरुका सचिव...