२०८१ वैशाख २३ गते
काठमाडौं । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म दिव्यश्वरी हाइड्रोपावर लिमिटेड २८ करोड ९६ लाख रूपैयाँभन्दा बढी खुद नोक्सानीमा रहेको छ । गत वर्षको यसै अवधिसम्मको तुलनामा यस वर्ष कम्पनीको खुद नोक्सानी बढेको हो । गत वर्ष यस अवधिसम्म कम्पनीको खुद नोक्सानी २४ करोड ६२ लाख रूपैयाँभन्दा बढी रहेको थियो ।
यस वर्ष कम्पनीको विद्युत विक्री आम्दानी घटेकाले खुद नोक्सानी बढेको हो । गत वर्ष यस अवधिसम्म ६ करोड ५९ लाख रूपैयाँभन्दा बढी विद्युत विक्री आम्दानी गरेको कम्पनीले यस वर्ष ६ करोड ८ लाख रूपैयाँभन्दा बढीको विद्युत विक्री गरेको हो । वित्तीय खर्च गत वर्ष ५ करोड ६८ लाख रूपैयाँभन्दा बढी भएकोमा यस वर्ष ५ करोड २९ लाख रूपैयाँभन्दा बढी भएको हो । हाल कम्पनीको चुक्तापूँजी २६ करोड ४० लाख रूपैयाँ छ । जगेडो कोष रकम भने २८ करोड ९६ लाख रूपैयाँभन्दा बढी ऋणात्मक देखिएको छ ।
दिर्घकालिन कर्जा ५६ करोड ७२ लाख रूपैयाँभन्दा बढी रहेको कम्पनीको अल्कालिन कर्जा भने ५ करोड ४४ लाख रूपैयाँभन्दा बढी रहेको छ । तेस्रो त्रैमाससम्म कम्पनी ११ रूपैयाँ ७२ पैसा प्रतिशेयर नोक्सानीमा रहेको छ भने प्रतिशेयर नेटवर्थ १० रूपैयाँ ९२ पैसा छ ।
प्रतिक्रिया