२०८० माघ ०४ गते
काठमाडौं । उर्जा जलस्रोत तथा सिंचाइ मन्त्री शक्ति बस्नेतले विद्युत विधेयक संसदीय समितिमा छलफलका क्रममा रहेको बताएका छन् ।स्वतन्त्र उर्जा उत्पादकहरुको सस्था ईप्पान डेको अवसरमा आयोजित कार्यक्रममा मन्त्री बस्नेतले आगामी १२ वर्षमा २८ हजार मेगावाट विद्युत उत्पादन गर्ने तयारी रहेको र त्यसमा निजी क्षेत्रले गर्न सक्ने काम र प्रतिवद्धता जाहेर गरे सरकारले त्यसका लागि सहयोग गर्ने आश्वासन दिए ।
मन्त्री बस्नेतले उर्जा विकासमा निजी क्षेत्रको योगदान ६० प्रतिशत रहेको र निजी क्षेत्रको माग पूरा गर्न सरकार प्रयत्नशिल रहेको बताए । सो अवसरमा उनले पछिल्लो दशकमा ८ सय बाट २९ सय मेगावाट उत्पादन क्षमता पुगेको जानकारी गराए ।
करिब २६ लाख उपभोक्ताले २० युनिटभन्दा कम विद्युत निस्शुल्क उपभोग गरेको उनको भनाइ छ । नेपालमा ४७ लाख ग्राहक रहेको र त्यसको ५० प्रतिशतले निस्शुल्क बिद्युत उपभोग गरेको बताए । मन्त्री बस्नेतले अबको ३/४ महिनामा करिब ५०० मेगावाट बिजुली प्रणालीमा जोडिने उनले बताए ।
आगामी १२ वर्षमा २८ हजार मेगावाट विद्युत उत्पादन गर्ने तयारी रहेको भए पनि त्यसले मात्रै राष्ट्रिय आवश्यकता पूरा नहुने उनको भनाइ छ । विद्युत वितरण प्रणाली पुरानो भएकाले त्यसमा सुधार गर्नुपर्ने उनको भनाइ छ ।
प्रतिक्रिया