विद्यार्थीसँग अग्रिम भाडा माग्दै लछारपछार पार्ने होस्टल सञ्चालक मधु कटवाल पक्राउ

२०८० फागुन ३० गते

विद्यार्थीसँग अग्रिम भाडा माग्दै लछारपछार पार्ने होस्टल सञ्चालक मधु कटवाल पक्राउ

काठमाडौं। मोरङको विराटनगर महानगरपालिका–८ स्थित मुनलाइट गर्ल्स होस्टलकी सञ्चालक मधु कटवाल रेग्मी पक्राउ परेकी छिन् ।

प्रहरीले उनलाई आज पक्राउ गरेको हो । उनले होस्टलमा बसेर नर्सिङ पढ्दै आएकी एकजना छात्रालाई अग्रिम होस्टल भाडा माग्दै लछारपछार पारेको भिडिओ सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको थियो ।

Advertisement:

Ad
Ad

रेग्मी आफू काठमाडौं जानुपर्ने भन्दै मंगलबार साँझ अग्रिम भाडा माग्दै होस्टल पुगेकी थिइन् । त्यही क्रममा उनले विद्यार्थीले अग्रिम भाडा नदिएको भन्दै लछारपछार पार्दै किताब कापीसमेत फालिदिएकी थिइन् ।

कुटपिटमा परेकी छात्राले केही दिनभित्रै होस्टल छोड्ने तयारी गरेकी थिइन् । तर सञ्चालक रेग्मीले होस्टेलमा बसिरहेका विद्यार्थीहरुले अग्रिम रकम दिन नमानेपछि उनले विद्यार्थीहरुका सामान कोठाबाट बाहिर फ्याँक्दै हातपात गरेकी थिइन् ।

पीडित छात्राको उजुरीपछि उनलाई आज प्रहरीले पक्राउ गरेको हो । थप अनुसन्धान भइरहेको छ ।