वेस्ट इन्डिज ए विरुद्ध खेल्ने १६ सदस्यी नेपाली क्रिकेट टिमको घोषणा

२०८१ वैशाख १३ गते

वेस्ट इन्डिज ए विरुद्ध खेल्ने १६ सदस्यी नेपाली क्रिकेट टिमको घोषणा

काठमाडौँ । वेस्ट इन्डिज ए विरुद्ध पाँच टी-२० खेलको सिरिजकालागि १६ सदस्यीय नेपाली क्रिकेट टोलीकाे घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले वेस्ट इन्डिज ‘ए’विरुद्ध टी-२० शृङ्खला खेल्ने नेपाली टोलीको घोषणा गरेको हाे ।

Advertisement:

Ad
Ad

कप्तान रोहित पौडेलले नेतृत्व गर्ने टाेलीमा आसिफ शेख, कुशल भुर्तेल, अनिल शाह, आरिफ शेख, सन्दीप जोरा, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, गुलशन झा, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिश जि.सी.,अभिनाश बोहरा, विवेक यादव र आकाश चन्द छन् ।

यस टाेलीमा एसीसी प्रिमियर कपमा समावेश नगरिएका मध्यक्रमका ब्याटर आरिफ शेख र तीव्र गतिका बलर आकाश चन्द पनि छनाैटमा परेका छन् । यद्यपि तीव्र गतिका बलर कमलसिंह ऐरीलाई भने टोलीमा समावेश गरिएकाे छैन ।

नेपालले अन्य टोलीमा भने कुनै परिवर्तन गरेको छैन । नेपालले  वेस्टइन्डिज एसँग पहिलो पटक शनिबार घरेलु मैदानमा खेल्न लागेकाे हाे ।